
काठमाडौं, २३ मङ्सिर । सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् ।
अब सगरमाथाको उचाइ आठ हजार ८८४८.८६ मिटर हुने भएको छ । नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए ।
गाैतम र टीमलाई स्थानियकाे वधाई

यसअघि नापीकाे काम सकेर फर्किएपछि कास्कीकाे माछापुच्छ्रे ६ धिताल निवासी खिमलाल गाैतमकाे नेतृत्वमा भएकाे सगरमाथाकाे उचाइ मापन कार्यले साथर्कता पाएकाे बताउँदै स्थानियले गाैतमलाई अभिनन्दन गरेका थिए ।
उनिहरूले सगरमाथाकाे उचाइसंगै समग्र माछापुच्छ्रेवासी र देशवासीकाे शिर उचाे बनाउने काम गरेकाे बताउँदै गाैतम र उनकाे टीमलाई आज वधाई दिएका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष चीरञ्जिवी गाैतमले सफल आवाजलाई जानकारी दिए । नापी टीमकाे नेतृत्व गरेका गाैतम नापी कार्यालय कास्कीका प्रमुख हुन् ।



फाेटाेःगाैतम खिमलालकाे फेसबुकबाट






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



