
काठमाडौं, ७ फागुन । १२ बुँदे घोषणापत्र जारी गर्दै चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सकिएकाे छ । जारी घोषणापत्रमा ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने जनाइएकाे छ । घोषणापत्रमा तेस्रो सम्मेलनले तय गरेकाे ‘घरघरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाउँ’ अभियानलाई पूरा गरिने भएकाे छ ।
घोषणापत्रमा लघुवित्तमा देखिएका विकृति विसंगतिकाे अन्त्य, लक्षित समूहलाई सुसूचित गराउन अभियान शुरू गर्ने, अनशासन कायम राख्ने, आचरण तथा व्यवहारमा सुधार गर्ने, विपन्न महिलाकेा लागि कर्जा तथा बचतका लागि सहयाेग गरिने भएकाे छ ।
लघुवित्तका सदस्यहरूका परिवारका सन्तानलाई उद्यमी बनाउन सहयोग गर्ने, वातावरणमैत्री र उद्यमशील समाज बनाउन युवाकाे परिचालन, वातावरणमैत्री गाउँ निर्माण, प्रविधिमैत्री संस्था निर्माण र निष्क्रिय रहेका सदस्यलाई सक्रिय बनाइने भएकाे छ ।
कार्यक्रमका सभापति तथा अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त तथा सहकारी क्षेत्रका समस्याका बारेमा बृहद् छलफल भएकाे बताए । उनले घोषणापत्रमा लेखिएका बुँदाहरूलाई लागु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
फागुन ५ र ६ गते काठमाडाैंमा भएकाे सम्मेलनमा ७ सय बढी महिला उद्यमी, लघुवित्त, सहकारीकर्मि र सदस्यहरूको सहभागिता थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




