अवैध बाटो हुदैं अमेरिका पुगेका ८ नेपालीकाे डिपोर्ट

-



     सफल आवाज    
     फागुन ११ गते २०८० मा प्रकाशित



काठमाडौँ, ११ फागुन । अवैध बाटोबाट अमेरिका पुगेका ८ नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन । अबैध रूपमा अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले डिपाेर्ट गरि नेपाल फिर्ता पठाएको हाे ।

उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका ८ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, फुयाँलले भने, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए ।

आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्नेछाैं । उनीहरुबाट सबै जानकारी लिएपछि थप प्रकिया अगाडि बढाउने बताइएकाे छ ।