सर्वोत्तम सिमेन्टकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     फागुन १६ गते २०८० मा प्रकाशित



काठमाडाैं, १६ फागुन । सर्वोत्तम सिमेन्टकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि सेयर जारी गरेकाे थियाे ।

यसअघि कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका जनताका लागि तथा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर बाँडफाँड गरेपछि सर्वसाधारणका लागि सेयर खुलाएकाे हाे ।

स्थानिय जनताका लागि खुलाइएकाे सेयरमा पूरा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तामा थपेर २७ लाख ७६ हजार ७६ कित्ता सेयर जारी गरिएकाे हाे ।

सेयर लगानी गर्न चाहने लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाकाे दरले आवेदन दिनुपर्ने व्यवस्था गरिएकाे छ। लगानीकर्ताले घटीमा ५० र बढीमा १० हजार कित्ता माग गर्न पाउनेछन् । यसका लागि सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक र वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ ।

सर्वोत्तम सिमेन्ट नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा रहेको उद्याेगबाट उत्पादन भइरहेकाे छ। यसले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएकाे छ। कुल लागत १२ अर्ब २२ करोड ६ लाख ७९ हजार २०९ रुपैयाँ छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यसकाे सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन्।