आजदेखि काठमाडाैंका विभिन्न क्षेत्रमा १ साता विद्युत् सेवा अवरूद्ध हुने

-



     सफल आवाज    
     फागुन १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ फागुन । नेपाल विद्युत् प्राधिकरणले आजदेखि एक सातासम्म काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्तिकाे सेवा अवरुद्ध हुने जानकारी गराएकाे छ ।

प्राधिकरणले महाराजगन्जमा रहेकाे प्राधिकरणको वितरण केन्द्रअन्तर्गत विद्युतीय लाइन भूमिगत राख्ने काम भइरहेकाेले फागुन २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने एक सूचनामार्फत जानकारी गराएकाे हाे । 

बुधबार बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने भएकाे छ। यस अनुसार महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा विद्युत् सेवा अवरूद्ध हुनेछ ।