सुन तोलाको रु १ लाख २१ हजार पुग्यो, चाँदी पनि बढ्यो

-



     सफल आवाज    
     फागुन २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । सुनमा एकै दिन रुपैयाँ २ हजारले बढेको छ । चाँदीमा रुपैयाँ २० ले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।