
काठमाडाैं, २१ फागुन । साताकाे सेयर काराेबार हुने आज दाेश्राे दिन सोमबार सेयर बजार खुलेकाे पाँच मिनेटमा ७९.२९ अङ्कले बढेपछि कारोबार पहिलोपटक बन्द भयाे । त्यसपछि थप एक प्रतिशतले बजार बढेकाे बेलामा दाेस्रो सर्किट ब्रेक लाग्याे ।
बन्द भएकाे बजार ४० मिनेटपछि खुलेपछि एक प्रतिशतले बढेपनि आजका लागि कारोवार बन्द गरिएकाे छ । आज नेप्से परिसूचक ११७.७० अङ्कले बढेर २०७८ विन्दुमा पुगेकाे छ ।
नेप्सेमा ६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १९.५४ अंकले बढेर ३६९.२७ विन्दुमा पुगेकाे छ । यसदिन ३० बढी कम्पनीको सेयरमूल्य १० प्रतिशतकै हाराहारीमा बढेकाे छ ।
यसदिन २३७ कम्पनीहरूकाे ९ लाख ३४ हजार ९१९ कित्त सेयरकाे खरिदबिक्रीबाट ३७ करोड ५२ लाख ९ हजार ९७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।










पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




