सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँड गरिने

-



     सफल आवाज    
     फागुन २१ गते २०८० मा प्रकाशित



काठमाडाैं, २१ फागुन । सर्वोत्तम सिमेन्टको सेयर आईपीओ आउदाे शुक्रबार अर्थात फागुन २५ गते बाँडफाँड गरिने भएकाे छ । सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँड गरिने जनाइएकाे छ।

कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर जारी गरेको थियो। कुल ९ लाख ६० हजार ३०१ जना लगानीकर्ताले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयर माग गरेका थिए ।

सेयरमा मागभन्दा बढी आवेदन पेश भएकाेले गोलाप्रथाबाट बाँडफाँड गरिने भएकाे छ। यसका लागि ५५ हजार ५२१ जना लगानीकर्ताले सेयर हात पार्नेछन् ।