आज तीन मन्त्री गिरी, तामाङ र अर्यालले शपथ लिने

-



     सफल आवाज    
     फागुन २१ गते २०८० मा प्रकाशित



काठमाडाैं, २१ फागुन । नयाँ सत्ता गठबन्धनमा सामेल भएका दलहरूबाट आज अपरान्ह तीनजना मन्त्रीहरूले शपथ लिने भएका छन्।

सत्ता गठबन्धनको बसेकाे बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हाे ।

माओवादीका उपमहासचिव वर्षमान पुनका अनुसार नयाँ मन्त्रीहरूको शपथ आजै गर्ने तयारी भएकाे छ। मन्त्रालय कस्ले कुन लिने विषयमा शिर्ष नेताहरूबीचकाे छलफलले टुंगाे लगाउने भएकाे छ ।

शिर्ष नेताहरूले बरियता अनुसार मन्त्रालय र मन्त्रीहरूकाे टुंगाे नलगाउँदासम्म उनीहरू सरकार नजाने निर्णय भएकाेले तत्काल गिरी, तामाङ र अर्याललाई मन्त्री बनाइएकाे हाे ।