‘आफू नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ’ : प्रचण्ड

-



     सफल आवाज    
     फागुन २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ फागुन । आजै ठूलाे पार्टी नेपाली कांग्रेससंगकाे सत्ता गठबन्धन ताेडेर नयाँ गठबन्धन बनाएर अगाडी बढेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन्।

एमाले, रास्वपा, जनता समाजवादी लगायतका दलहरूसंग गठबन्धन गरेर सरकार बनाउन अगाडी बढेका प्रधानमन्त्री दाहाल प्रचण्डले एक कार्यक्रममा आफू नमरेसम्म देशमा उथलपुथल भइ नै रहने बताएका हुन्।

सहीद प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, नयाँ गठबन्धन जाे भएकाे छ याे निरन्तरताको क्रमभंगता मात्रै हाे, कामहरू त बाँकी नै छन् । उनले भने, माओवादी जमेको पोखरी जस्तो हाेइन । याे त गडगडाएर बग्ने नदी हाे ।

हामी जमेर बस्न सक्दैनाै । माओवादी अगाडी जाने जात हाे । सुखानीमा सहादत प्राप्त गरेको यसदिनमा निरन्तरतामा क्रमभंगता भएको संयाेग परेकाे छ। यो चानचुने कुरा होइन यसलाइ गहिराे गरेर बुझ्नुपर्छ । साे अवसरमा प्रचण्डले वामपन्थिहरू एक ठाउँमा आउनु पर्नेमा जाेड दिए ।