राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन नयाँ मन्त्रीले लिए सपथ

-



     सफल आवाज    
     फागुन २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ फागुन ।  आजै नियुक्त भएका तीन मन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीनैजना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति भवनमा आयोजना गरिएकाे सपथ ग्रहण समारोहमा नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा (एमाले) बाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

साे समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति रहेकाे थियो ।

प्रधानमन्त्री प्रचण्डले दिउँसो नवनियुक्त मन्त्रीहरूकाे राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । साेहि सिफारिस अनुसार राष्ट्रपति पौडेलसमक्ष उनीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।