कालिका लघुवित्तकाे साधारण सभा आज, छैन लाभांशकाे प्रस्ताव

-



     सफल आवाज    
     फागुन २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ फागुन । कालिका लघुवित्त वित्तीय संस्थाकाे साधारण सभा आज बस्दैछ । संस्थाकाे १४औं वार्षिक साधारण सभा पोखरा १०, बुद्धचोकमा रहेकाे होटल टास्क इन्टरनेसनलमा बिहान ९ बजे डाकिएकाे छ ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान लगायत वित्तीय विवरणमाथि छलफल गरिने भएकाे छ । यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका विषयहरूमा छलफल गरी पारित गरिने कालिका लघुवित्त वित्तीय संस्थाले सूचना मार्फत जनाएकाे छ ।

सभाबाट संस्थापक सेयरधनीको तर्फबाट १ जना महिला सञ्चालक चयन गरिनेछ । अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग गाभ्ने गाभिने भएमा साे काे कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिइने भएकाे छ ।

साधारण सभाकाे प्रयोजनार्थ संस्थाले फागुन १४ गते बुक क्लोज गरेकाे थियाे । साधारण सभामा भाग लिनका लागि सेयरधनीहरूले फागुन १३ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्ने संस्थाले जानकारी दिएकाे छ।