
धरान (सुनसरी), २४ फागुन । स्थानीय व्यवसायीका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा आयोजना गरेको व्यापारिक मेला धरान एक्स्पोमा रु १२ करोडको आर्थिक कारोबार भएको छ ।
फागुन ११ गतेदेखि सुरु भएको एक्स्पोमा आज समापन भएसँगै रु १२ करोड बराबरको कारोबार भएको आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र प्रधानले जानकारी दिए। उनका अनुसार एक्स्पो एक लाख ८० हजार जनाले अवलोकन गरेका छन् ।
अघिल्लो वर्ष सङ्घले आयोजना गरेको एक्स्पोमा रु १० करोडको कारोबार भएको थियो । यसपटक अघिल्लो वर्षको तुलनामा दुई करोड कारोबार वृद्धि भएको हो ।
उत्सवको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा कोशी प्रदेशसभाका सदस्य रमेशकुमार बस्नेतले एक्स्पोका माध्यमबाट स्थानीय व्यापारी व्यवसायी र उपभोक्ताबीच पुलको काम गरेको बताए।
कार्यक्रममा विशेष अतिथिका रुपमा धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले धरान एक्स्पोले बजारको पुँजी चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
एक्स्पोले आर्थिक गतिविधि बढाउन मात्र नभई धरानको कला, संस्कृति प्रवद्र्धन गर्न पनि सहयोग पु¥याएको बताए। आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले हरेक वर्ष धरान एक्स्पोलाई निरन्तरता दिन सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




