
काठमाडौं, २५ फागुन । सर्वोत्तम सिमेन्टको सेयर (आइपीओ) आज शुक्रबार बाँडफाँड गरिदैछ । साे सेयर बिहान १० बजे नक्साल, काठमाडौंमा बाँडफाँड गर्न लागिएकाे बिक्री प्रबन्धक रहेकाे ग्लोबल आइएमईले जनाएकाे छ ।
सेयरमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेकोले धेरैकाे हात खालि हुनेछ । सेयर गोलाप्रथाबाट बाँडफाँड गरिने भएकाे हाे ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारमा गएका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि सेयर बिक्री गरेपछि सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएकाे हाे ।
सेयरमा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका भएपनि ५५ हजार ५२१ जनाले मात्र सेयर पाउनेछन् । बाँकी साढे ९ लाखको हात खाली हुने भएकाे छ ।
कम्पनीले पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर खुलाएकाे हाे । बुक बिल्डिङबाट ताेकिएकाे प्रतिकित्ता रुपैयाँ ३६०.९० मा सेयर खुलाइएकाे हाे।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




