
काठमाडौं, २७ फागुन । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारका समस्याहरुप्रति आफु जानकार रहेकोले समाधानका लागि पहल गर्ने बताएपछि सेयर बजार सकारात्मक लयमा गएको छ ।
साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । हाईड्रपावर बाहेक सबै सूचकहरुमाह हरियो लागेको छ ।
नेपाल स्ठ एक्सचेन्जका अनुसार नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.०८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.२६ अंकले बढेर ३६४.५३ विन्दुमा रहेको छ ।
यसदिन आईड्रो उपसमूहमा रातो लागेको छ । बाँक िअन्य १२ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३०४ कम्पनीहरुको सेयर कारोबार भएको छ ।
उनीहरुको ७० लाख ४३ हजार ४५७ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ ९१ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको २२ करोड ९३ लाख २५ हजार ६४३ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएकाे छ । सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.०६ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




