
काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज तेस्रो पटक सदनबाट विश्वासको मत पाउन सफल भएका छन्।
सरकारबाट नेपाली कांग्रेसलाई बाहिर राखेर नेकपा एमाले, रास्वपा, जसपा र एकिकृत समाजवादीबीच नयाँ गठबन्धन गरेर अगाडी बढेपछि प्रचण्डले तेश्राे पटक सदनबाट विश्वासकाे मत लिएका हुन् ।
आज प्रतिनिधिसभामा गरिएकाे मतदानमा २६८ सांसद सहभागी भएका थिए । उनीहमध्ये १५७ मत पक्षमा परेकाे छ । ११० मत विक्षमा पर्याे । १ सांसद भने तटस्थ रहेका छन्। प्रधानमन्त्री प्रचण्डका लागि आवश्यक विश्वासकाे मत १३८ भए पुग्थ्याे । पाँच दलिय गठबन्धनहसित उनले १५७ मत पाए।
सरकारलाइ समर्थन गरेकाे दलले समर्थन फिर्ता लिएकाे खण्डमा ३० दिनभित्रमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रचण्डले विश्वासकाे मत लिएका हुन् ।
प्रधानमन्त्री दाहाललाई माओवादी, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहेकाे छ ।
गएकाे वर्ष पुस १० गते तेस्रो पटक प्रधानमन्त्रीकाे पदमा बहाली भएका प्रचण्डले पुस २६ पुस गते मा पहिलो पटक विश्वासको मत लिएका थिए। फागुनमा एमाले छाेडेर कांग्रेससँग गठबन्धन गरेर सरकारमा जाँदा चैत्र ६ गते दोस्रो पटक विश्वासको मत लिनु परेकाे थियाे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




