शुक्रबार अमेरिकी डलर र यूरो दुबैको भाउ घट्यो

-



     सफल आवाज    
     चैत्र २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको घटेको छ । साथै यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ पनि घटेको छ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ २२ पैसा र बिक्रिदर १ सय ३२ रुपैयाँ ८२ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ३२ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ १२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ७ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ १ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ १७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७३ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूची