आईतबार सुनको भाउ घट्यो, चाँदीको बढ्यो

-



     सफल आवाज    
     चैत्र ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा थपघट भएको छ ।

छापावाल सुनमा रुपैयाँ ४ सयले गिरावट भएको छ । चाँदीमा भने रुपैयाँ १५ ले भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ५ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।