रिडी पावरको ५० प्रतिशत हकप्रदमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ चेत । रिडी पावर कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन लगानीकर्ताका लागि आज अन्तिम दिन बाँकी रहेकाे छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार लगानीकर्ताले यसदिन बैंकिङ समयसम्म आवेदन पेश गर्न बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएकाे छ ।

कम्पनीले फागुन १८ गतेदेखि १ः०.५० रेसियाेमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएकाे थियाे । अर्थात रू १०० अंकित दरमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद जारी गरिएकाे हाे ।

यसका लागि माघ २२ गते बुक क्लोज गरिएकाे थियाे । लगानीकर्ताले माघ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका लगानीकर्ताहरू हकप्रद सेयरको लागि याेग्य मानिनेछन् । 

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन पाउनेछन्। साथै मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका ताेकिएका शाखाहरूबाट आवेदन दिन पाइनेछ । यस्तै सेबाेनबाट अनुमति लिएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट आवेदन दिन पाइने छ । 

कम्पनीकाे चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ छ । हकप्रद सेयर बिक्री भएपछि पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्ने भएकाे छ ।