नेप्सेमा १८.११ अंकको गिरावट, ४ अर्ब ३१ करोडको कारोबार

- माछापुच्छ्रे बैंककाे १ अर्बकाे प्रोमोटर सेयरको कारोबार

-



     सफल आवाज    
     चैत्र ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ चैत । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.११ अंकले घटेर २०४५.८३ विन्दुमा झरेको छ ।

नेप्सेमा ०.८७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.१४ अंकले घटेर ३६४.८८ विन्दुमा रहेको छ । १३ उपसमिूहहरुमध्येमा एउटामा मात्रै हरियो लागेको छ । आर्थत आज व्यापार उपसमूहमा मात्रै हरियो लागेको हो । बाँकी १२ वटा उपसमूहहरुमा रातो लागेको छ ।

यसदिन कुल ३१५ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँ ५० पैसा बराबरको करोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी माछापुच्छ«े बैंक लिमिटेड प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयरको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।