
काठमाडौं, १३ चैत । साताको सेयर कारोबार हुने तेश्राे दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.६४ अंकले बढेर २०३९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.४४ अंकले बढेर ३६१.२१ विन्दुमा रहेको छ ।
यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल ३१० वटा कम्पनीहरुको सेयर कारोबार भएको छ ।
उनीहरुको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रुपैयाँ १ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको ९ करोड २९ लाख ९० हजार ६७० रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.३५ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




