नविल बैंकले ७ वटै प्रदेशमा गर्याे वित्तीय साक्षरता कार्यक्रम

-



     सफल आवाज    
     चैत्र १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ चैत । नबिल बैंक लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ७ वटै प्रदेशमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरी वित्तीय साक्षरताबारे जानकारी दिएको हाे । उक्त कार्यक्रमबाट १ हजार ९ सय विद्यार्थीहरू लाभान्वित भएकाे बताइएकाे छ ।

विश्व वित्तीय सप्ताहको सन्दर्भमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको बैंकले जनाएको छ ।

वित्तीय साक्षरता प्रोत्साहन गर्न देशभरका विभिन्न शैक्षिक संस्थामा आयोजना गरेको कार्यक्रमबाट कोशी, मधेश, बागमती, लुम्बिनीमा, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका १ हजार ९ सय विद्यार्थीले सहभागीता जनाएकाे बैकले जनाएकाे छ ।

बैंकले वित्तीय साक्षरता विस्तार तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्न वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामाजिक उद्यमशीलता विकासको लागि ‘नबिल एसएसई’ लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ । युवा तथा विद्यार्थी केन्द्रित सस्तो ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा लगायतका कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले देशभर २ सय ६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३ सय १३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले हाल २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रवाह गरिरहेको बताएकाे छ ।