
काठमाडाै, १४ चैत । नेपाल वित्त कम्पनी संघको आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा लिने धितो, घरजग्गा मुल्याङ्कनका अभ्यासहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको पुल्चोक, ललितपुर स्थित गुहेश्वरी भवनमा आयोजित उक्त कार्यक्रममा विश्व बैंकका भूमी विज्ञ डेनिलो आर आन्टानियोले मन्तव्य राख्दै धितो मुल्याङ्कनका क्रममा भइरहेका अभ्यासहरु बारे प्रकाश पारेका थिए ।
काठमाण्डौ विश्व विद्यालयका प्राध्यापक डा. सुवास घिमिरेले नेपालमा हाल भइरहेको घरजग्गा मुल्याङ्कनका अभ्यासहरु र सुधारका उपायहरुको बारेमा चर्चा गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले धितो मुल्याङ्कनको महत्व र संस्थाले अपनाएका प्रक्रियाहरुको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल वित्त कम्पनी संघका परमर्शदाताहरु, धितो मुल्याङ्कनकर्ताहरु, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी, विभागिय प्रमुखहरुका साथै संस्थाका अन्य कर्मचारीहरुको समुपस्थिति रहेको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




