
काठमाडौं, २२ चैत । युनाइटेड मोदी हाइड्रोपावरले चैत २९ गते साधारण सभा बाेलाएकाे छ । सभामा लाभांशकाे प्रस्ताव भने पेस नगरिने भएकाे छ । सभा काठमाडाैं कालिमाटीस्थित कालिमाटी ब्यांकेटमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।
साधारण सभामा लाभांशकाे प्रस्ताव नभए पनि शतप्रतिशत हकप्रद सेयर खुलाउने प्रस्ताव लगायतका एजेण्डाहरू रहेका छन् । सभामा आर्थिक वर्ष २०७९–८० को हिसाब, नाफा घाटा, वित्तीय अवश्था लगायतका बुँदाहरूमा छलफल गरी पारित गरिने भएकाे छ ।
यस्तै साधारण साभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका विषयमा छलफल गरि पारित गरिनेछ ।
कम्पनीले साधारण सभाकाे प्रयोजनका लागि चैत ७ गते बुक क्लोज गरेको थियाे । साधारण सभामा भाग लिनका लागि सेयरधनीहरूले चैत ६ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।
कम्पनीकाे चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ४६ करोड १० लाख रुपैयाँ हुनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




