सेबाेनको अध्यक्षका लागि ५ जना सर्टलिष्टमा

-



     सफल आवाज    
     चैत्र २२ गते २०८० मा प्रकाशित



काठमाडाैं, २२ चैत । नेपाल धितोपत्र बोर्ड (सेबाेन) काे अध्यक्षका आकांक्षीहरूकाे सर्टलिष्टमा परेका ५ जनाकाे नाम आज सार्वजनिक हुने भएकाे छ । आवेदन दिएका १९ जनामध्ये सर्टलिष्टमा परेका ५ जनाकाे मात्र नाम सार्वजनिक गर्न लागिएकाे हाे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठको संयोजकत्वकाे छनोट समितिकाे बैठक बसेर १९ जनाबाट पाँच जनाको नाम सर्टलिष्टमा निकाल्ने तयारी गरेकाे छ । बोर्डले रिक्त रहेको अध्यक्ष पदका लगि गएकाे फागुन १६ गते दरखास्त मागेकाे थियाे । 

बोर्डकाे नयाँ अध्यक्षका लागि बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापाँगाई, नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ, कृष्ण पोखरेलले आवेदन दिएका छन् । नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, प्रविण पन्दाक, रघु काफ्ले, डा. केशब प्रसाद श्रेष्ठकाे आवेदन परेको थियाे ।

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, सेबाेनका पूर्व कार्यकारी निर्देशक नीरज गिरी,  मुक्ति अर्याल, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, बिमल तिवारीकाे आवेदन परेकाे थियाे ।

यी उम्मेदवारहरुबाट सर्टलिस्टिमा परेकाहरुकाे अन्तवार्ता र प्रस्तुतीकाे मूल्या‌कनपछि ३ जनाको नाम बोर्डकेा नयाँ अध्यक्ष नियुक्ति गर्न मन्त्रिपषिदमा सिफारिस गरिने जनाइएकाे छ ।