
काठमाडौं, ६ वैशाख । कुमारी बैंकले आजबाट १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयर खरिदका लागि बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन पेश गर्न पाउनेछन् ।
सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले आजदेखि ३५ दिनभित्र आवेदन दिन पाउने अवधि ताेकिएकाे छ । यसका लागि बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी काठमाडौंमा आवेदन बुझाउन सकिनेछ ।
लगानीकर्ताले खरिद गर्न चाहेकाे सेयर संख्या खुलाउनु पर्नेछ । सेयरकाे मूल्य बिक्रेताले तोके अनुसारकाे हुनेछ । बैंकका अनुसार ताेकिएकाे म्यादसम्म माग अनुसारकाे आवेदन नपरेमा साे सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




