प्रभू बैंकको संचालन मुनाफा साढे ३ अर्ब पुग्याे

-



     सफल आवाज    
     वैशाख ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ बैशाख। प्रभू बैंक लिमिटेडको संचालन मुनाफा ३ अर्ब ५७ करोड २७ लाख ५५ हजार पुगेको छ। समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४० करोड २९ लाख रुपैयाँ भएकाे हाे। बैंकले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा यस्ताे अवस्था रहेकाे उल्लेख छ ।

समिक्षा अवधिमा बैंकको ब्याज आम्दानी र संचालन मुनाफा समेत बढेको छ । याे अवधिमा बैंकको खुद ब्याज आम्दानी २६.३२ प्रतिशत बढेर ८ अर्ब ४३ करोड ९६ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।

तेस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६ पैसा कायम भएको देखिएकाे छ । यस अवधिमा बैंकले २ खर्ब ७८ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब २९ अर्ब ९० करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंककाे ४.८१ प्रतिशत खराब कर्जा रहेको छ ।

बैंकले तेस्रो त्रैमाससम्ममा १ अर्ब ८१ करोड २४ लाख ५८ हजार खुद नाफा कमाएको जनाएकाे छ। गत आवको चैत मसान्तसम्मको तुलनामा यो नाफा ७.२७ प्रतिशतले कमी हो ।