
काठमाडौं, २९ मंसिर । नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले यसवर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइनबाटै फ्रि डिम्याट खाता खोल्न सक्ने योजना ल्याएको छ ।
सिमित समयका लागी ल्याइएकाे याे अफर अन्तरगत प्रभु बैंकको सम्पूर्ण शाखा तथा क्यापिटलको कार्यालय कमलादीमा सम्पर्क गरी डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि यही मंसिर २४ गतेदेखि २०७७ पौष मसान्त भित्र खाता खोल्दा एक वर्षको लागि फ्रि डिम्याट खाता योजना ल्याएको प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले सफल आवाजलाई बताए ।
यस योजनामा खाता खोल्न चाहने ग्राहकहरुको लागि क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ । त्यसैले अहिलेसम्म डिम्याट खाता नखोल्ने ग्राहकहरुले आफू, आफ्नो परिवार तथा आफ्ना साथीभाईहरुलाई यस योजनामा जोडि निशुल्क डिम्याट खाता अनलाईनबाट खोली समय तथा रकमको बचत गरी शेयर कारोबार गर्न सहज हुने प्रबन्ध निर्देशक थकालीले बताएका छन ।
प्रभु क्यापिटलले केही समय अगाडि सञ्चालन गरेको ३ बर्षे फ्रि डिम्याट खाता योजनामा पनि ग्राहकहरुको अभूतपूर्व सहभागिता रहेकाे थियाे ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



