
काठमाडौं, २० वैशाख । कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार १ सय ५० कित्ता सेयर बिक्रीमा ल्याएको हाे।
उक्त सेयर खरिदका लागि पहिलाे चरणमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले बुघबारदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न चाहने सेयरधनीहरुले बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरीमा खरिद गर्न चाहेकाे सेयरकाे संख्या खुलाई आवेदन दिनुपर्ने बैंकले जनाएकाे छ ।
सेयरकाे मूल्य सेयर बिक्रेताले तोकेकाे अनुसार हुने जनाइएकाे। उक्त सेयर संस्थापक सेयरधनीहरुले खरिद नगरेमा अन्य साधारण लगानीकर्ता तथा संस्थालाई बिक्री गरिने बताइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




