सुपर मादी हाइड्रोपावरको नाफामा आकर्षक बृद्धि

-



     सफल आवाज    
     वैशाख २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ वैशाख । सुपर मादी हाइड्रोपावरको खुद नाफामा बृद्धि भएकाे छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीकाे नाफामा आकर्षक बृद्धि भएकाे सार्वजनिक भएकाे वित्तीय विवरणमा जनाइएकाे छ ।

आइपुग्दा सुपर मादी हाइड्रोपावरको खुद नाफा रूपैयाँ ९ करोड २ लाख ४१ हजार पुगेकाे छ । गएकाे वर्ष कम्पनीमा रूपैयाँ १ करोड ७ लाख ६० हजार घाटा भएकाे थियाे । यसपटक विद्युत् बिक्रीकाे आम्दानी बढेपछि खुद नाफा आकर्षक देखिएकाे छ ।

कम्पनीकाे १ वर्षकाे विद्युत् बिक्रीाके आम्दानी ७०१६.७३ प्रतिशतले बढेकाे छ । यसरी बढेर रूपैयाँ ९४ करोड ५५ लाख २९ हजार भएकाे छ । गएकाे वर्ष साेहि अवधिमा रूपैयाँ १ करोड ३२ लाख ८६ हजार आम्दानी भएकाे थियो ।

कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ १ अर्ब १० करोड रहेकाे छ । इपीएस अर्थात प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा रहेकाे छ भने र नेटवर्थ १०५ रुपैयाँ १६ पैसा रहेकाे छ ।