
लहान, ३० मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले तराई मधेश जनताको आर्थिकस्तर उकास्न सरकार लागिपरेको बताएका छन् । सिरहाको गोलबजार–जम्दह–लगडीगदियानी सडक निर्माण कार्यको शिलान्यास गर्दै उनले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाहरु अघि सारेको बताए ।
‘बजेट पर्याप्त छ, भएको बजेटलाई समयमै सकाउन सकिए विकासको लहर आउँछ”, मन्त्री नेम्वाङले भने, “त्यसका लागि जनप्रतिनिधि इमानदार हुनुपर्छ । उनले तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सिरहामा मात्र चालु आर्थिक वर्षमा ३२ वटा विकासका योजनाहरु ल्याएको जानकारी दिदैं सिरहा, सप्तरी, धनुषालगायत मधेशका सबै जिल्लाहरुलाई प्राथमिकतामा राख्दै विकास अगाडि बढाएको बताए ।
वर्तमान सरकारकै पालामा पूर्वपश्चिम राजमार्ग ६ लेन, तराईमा राष्ट्रिय रेलमार्ग निर्माण, प्रदेश नं २ मा अन्तरराष्ट्रिय विमानस्थल निर्माणसँगै सिरहाको कर्जन्हाको बन्दीपुर उत्तरबाहिनी सडकलाई सिन्धुली, दुधौली र कटारी जोड्ने सडक छिटै विस्तार गरी सडक सञ्जालमार्फत तराई मधेश, पहाड र हिमालको सम्बन्धलाई विस्तार गर्ने बताए ।
कार्यक्रममा महिला तथा बालबालिकामन्त्री लिलानाथ श्रेष्ठले सरकारले प्रदेश नं २ लाई प्राथमिकता राखेर अधिकांश योजनाहरु बनाएको उल्लेख गर्दै तराई मधेशको लाइफलाइनको रुपमा रहेको हुलाकी राजमार्गको कार्य तीव्र रुपमा भइरहेको बताए । सिरहाको गोलबजारदेखि लगडीगदियानीसम्मको करिब २५ किलोमिटर सडक छिटै कालोपत्रे गरिने योजना रहेको सडक विभागले जनाएको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



