
काठमाडौं, ३० वैशाख । साहस उर्जा लिमिटेडकाे विद्युत बिक्रीबाट भएकाे आम्दानी २ अर्ब २ करोड ५२ लाख रहेकाे छ । कम्पनीले यस आर्थिक वर्षमा करिब ४८ कराेड नाफा कमाउन सफल भएकाे छ ।
कम्पनीकाे सार्वजनिक भएकाे तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीले रूपैयाँ ४७ करोड ८१ लाख खुद नाफा कमाएको हाे । जाे गएकाे वर्षको साेहि अवधिकोभन्दा ८०.३७ प्रतिशतले बढी हो ।
कम्वपनीले गएकाे वर्ष रूपैयाँ २६ करोड ५१ लाख नाफा कमाएको थियो । विवरण अनुसार विद्युत बिक्रीबाट भएकाे आम्दानी रूपैयाँ २१ करोड ८० लाखबाट बढेर रूपैयाँ २ अर्ब २ करोड ५२ लाख रहेकाे छ ।
कम्पनीकाे विद्युत बिक्रीमा भएकाे आम्दानीसंगै नाफामा पनि बृद्धि भएकाे हाे । विवरणका अनुसार वित्तीय खर्च रूपैयाँ ९१ करोड ६८ लाख रहेको छ । प्रशासनिक खर्च रूपैयाँ ७ करोड १७ लाख रुपैयाँ रहेकाे छ ।
कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ ३ अर्ब ५० करोड रहेको छ । जगेडामा रूपैयाँ २ अर्ब ६२ करोड ३४ लाख रहेकाे छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ २२ पैसा रहेकाे छ भने नेटवर्थ १७५ रुपैयाँ ११ पैसा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




