
काठमाडौं ३० मंसिर। कुमारी बैंक लिमिटेडको लाभांश पारित भएको छ । सोमबार बैंकका अध्यक्ष अमिरप्रताप राणाको अध्यक्षतामा बसेको २०औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो ।
साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको गत वर्षको आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै बैंकले अनलाइन प्लाटफर्ममार्फत शेयरधनीहरुको धारणा समेत समावेश गरेको थियो । साधारणसभाले शेयरधनीहरुलाई गत वर्षको नाफाबाट १० दशमलव ८५ प्रतिशत बोनस शेयर तथा ३ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ हुनेछ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



