
काठमाडौं, ३ जेठ । नेपाल उद्योग परिसङ्घ र युरोपेली सङ्घका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धिलगायत विषयमा छलफल भएको छ ।
परिसङ्घका पदाधिकारी र युरोपेली आयोगका उपमहानिर्देशक मिरियाम फेरान तथा नेपालका लागि युरोपेली संघ (इयू) का राजदूत भेरोनिक लोरेन्जोलगायतबीच आज भएको छलफलमा दुई पक्षबीच व्यापार सम्बन्ध सुदृढ गर्ने तथा नेपाली उत्पादनलाई युरोपेली बजारमा निर्यात क्षमता वृद्धि गर्ने बारेमा कुराकानी भएको थियो ।
छलफल सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरउन्नोति गरेपछिको अवस्था, नेपालको उत्पादन र सूचना प्रविधि क्षेत्रको सम्भावनालगायत व्यावसायिक लाभ र आर्थिक विकासका विषमा केन्द्रित रहेको परिसङ्घले जनाएको छ ।
छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपाल र युरोपेली सङ्घबीचको आर्थिक र व्यावसायिक सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नेपालको आर्थिक विकासका लागि इयूले आगामी दिनमा गर्न सक्ने सहयोगका क्षेत्रका विषयमा जानकारी गराए। उनले युरोपेली मुलुकमा सिधा हवाई उडान पुनः सञ्चालन गराउन आवश्यक सहयोग गर्न आग्रह गरे ।
सो क्रममा नेपालका लागि इयूका राजदूत लोरेन्जोले युरोपेली सङ्घ नेपालको आर्थिक वृद्धि र विकासको यात्रामा सहयोग गर्न प्रतिबद्ध रहेको बताए। यसप्रकार छलफलले दुवै राष्ट्रहरूबीच सहयोग र व्यापार बढाउने सम्भावनालाई उजागर गरेको उनको भनाइ थियो ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




