प्रभु लाइफको आईपीओ अपडेटः २ दिनमा ६ लाख ७३ हजारले दिए करिब २ अर्बको आवेदन

-



     सफल आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ पुस । सोमबारदेखि निश्काशन खुला भएको प्रभु लाइफको साधारण शेयर (आईपीओ) मा सर्वसाधारणको निकै आकर्षण देखिएको छ । यस कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मा पाएको सिद्धार्थ क्यापिटलका अनुसार २ दिनमै साढे ६ लाख भन्दा धेरैले आवेदन दिएका छन् भने कबिर २ अर्ब रकम बराबरको आईपीओको माग भइसकेको छ । यो अत्यधिक धेरै हो ।

मंगलबार साझ सम्ममा ६ लाख ७३ हजार २ सय १७ जना आवेदकबाट १ करोड ९३ लाख ९२ हजार ७ सय कित्ताको आवेदन परेको जनाइएको छ । तर कम्पनीले जम्मा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्बसाधारणका लागि हो ।