
काठमाडौं, २१ जेठ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले एकैदिन झण्डै ४० अर्ब रुपैयाँ निक्षेप राखेका छन् । उनीहरूले नेपाल राष्ट्र बैंकमा साे रकम निक्षेप राखेका हुन्।
बैंकिङ प्रणालीमा तरलता धेरै भएपछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा रूपैयाँ ३९ अर्ब ७५ करोड निक्षेप राखेका हुन् । याे क्रम जारी नै रहेकाे छ । अहिले मानिसहरूले कर्जा लिन मन नगरेका र मन्दिकाे असर कायमै रहेकाेले बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिरहेकाे छ ।
राष्ट्र बैंकले गएकाे फागुन १ गतेदेखि स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएपछि हालसम्म बैंक तथा वित्तीय संस्थाले रूपैयाँ १५ खर्ब ८० अर्ब भन्दा बढी रकम निक्षेप सुविधामा राखेका छन् ।
राषट्र बैंकमा उनीहरूले ३ प्रतिशत ब्याजदरमा निक्षेप राखेका हुन् । बैंकहरुले लगानी गरेर बाँकी रहेको रकम राष्ट्र बैंकमा निक्षेपमा राख्ने व्यवस्था रहेकाे छ । साे रकम राखेकाे चारदिनसम्म झिक्ने अनुमति हुँदैन ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




