
पोखरा, २ पुस । पोखराको प्रमुख पर्यटकीय एवं धार्मिकस्थल तालबाराही मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
कोरोना भाइरस महामारीका कारण ९ महिनोदेखि लगातार बन्द रहेको मन्दिर सर्वसाधारणको पूजाआजाका लागि खुला गरिएको हो । कोभिड संक्रमण प्रभावपछि मन्दिरमा यसअघि पुजारीले मात्र पूजा नित्य पूजा गर्दैआएका थिए ।
बाराही मन्दिर व्यवस्थापन समिति अध्यक्ष हिक्मतबहादुर कुँवरले भने, ‘स्थानीय प्रशासनको स्वीकृतिमा मन्दिर खुला गरिएको छ । अब मन्दिरमा भक्तजनको आगमन हुने र पोखरामा धार्मिक पर्यटकीय प्रवद्र्धनमा सघाउ पुग्नेछ ।’
कोभिड–१९ सचेतनासँगै भौतिक दूरी कायम गरी मास्क तथा सेनिटाइजर प्रयोगमा मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको कुँवरले जानकारी दिए ।
मन्दिर बन्द हुँदा डुंगाचालकहरुको पनि रोजीरोजीमा समस्या परेको थियो । तालमा डुंगा चलाएर गुजारा गर्ने करिब ४ सय मजदुरहरुले राहत महसुस गरेका छन् ।
मन्दिर बन्द हुँदा संचालन खर्च धान्नै व्यवस्थापन पक्षलाई धौधौ परेको गुनासो गरेका थिए । मन्दिरको दानपेटिकामा नियमित रुपमा संकलित रकमका साथै कोजाग्रत पूर्णिमा तथा नयाँ वर्षका दिन राम्रै दान सहयोग प्राप्त हुने गरेको थियो ।
विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो ।
मन्दिर खुलाउन यसअघि विश्व हिन्दू महासंघ नेपाल तथा पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले प्रशासनमा ज्ञापनपत्र बुझाएका थिए ।
नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा कोरोना प्रभावले सुस्ताएको पर्यटकीय गतिविधि बिस्तारै चलमलाउन थालेको छ ।
रेवानले पोखराले अंग्रेजी नयाँ वर्ष २०२१ को स्वागतमा पुस १५ मा पोखरा सडक महोत्सव आयोजना गर्ने घोषणा गरिसकेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



