काठमाडौं, ३१ जेठ । युनाइटेड अजोड इन्स्याेरेन्सले हकप्रद सेयर जारी गर्ने भएकाे छ । यसका लागि कम्पनीकाे आज बिहिबार विशेष साधारण सभा डाकिएकाे छ ।
सभाबाट हाल रहेकाे चुक्ता पुँजीबाट १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिने भएकाे छ । सभाले साे प्रस्ताव पारित गरेपछि कम्पनी हकप्रद सेयर निष्कासनकाे अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिन जानेछ ।
बोर्डले हकप्र सेयर खुलाउने अनुमति दिएपछि कमपनी हकप्रद सेयर निष्कासन प्रक्रियाका जानेछ । विशेष साधारण सभा आम्रपाली ब्यांकेट टंगाल काठमाडौंमा बिहान साढे १० बजे डाकिएकाे छ ।
कमपनीले विशेष साधारण सभा प्रयोजनार्थ जेठ २५ गते बुक क्लोज गरेकाे थियाे । सेयरधनीहरुले साभामा भाग लिनका लागि जेठ २४ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।
कम्पनीकाे चुक्ता पुँजी हाल रुपैयाँ २ अर्ब १० करोड रहेको छ । हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी रुपैयाँ २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्ने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




