
जेनेभा, ३० जेठ । यमनका हुथी विद्रोहीले हिरासतमा लिएका राष्ट्रसङ्घीय कर्मचारी र अन्य सहायताकर्मीलाई तत्काल र बिनाशर्त रिहा गर्न संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले माग गरे। हुथी विद्रोही समूहले गत साता पक्राउ परेका व्यक्ति अमेरिका–इजरायली जासुसी सञ्जालको हिस्सा भएको र उनीहरूले अन्तर्राष्ट्रिय सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय निकायको आवरणमा काम गरेको बताएको छ ।
तुर्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “म हाम्रा कर्मचारीमाथि लगाइएका घृणित आरोपलाई स्पष्ट रूपमा खण्डन गर्दछु, र उनीहरूको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दछु ।” संयुक्त राष्ट्रसङ्घ र सहायता समूहले गत साता इरान समर्थित विद्रोहीले एक दर्जनभन्दा बढी सहायताकर्मीहरूलाई हिरासतमा लिएको बताएका थिए । लामो समयदेखि जारी गृहयुद्धमा सम्लग्न हुथी विद्रोही सम्मिलित युद्धले विश्वकै सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको भन्दै कति जनालाई पक्राउ गरिएको छ भन्ने बारे केही खुलाएको छैन ।
विद्रोहीहरूले सन् २०१४ सेप्टेम्बरमा राजधानी सानामा कब्जा जमाएपछि सन् २०१५ मार्चमा सरकारलाई साउदी नेतृत्वको सैन्य हस्तक्षेपद्वारा सहयोग गरिएको थियो । संयुक्त राष्ट्रसङ्घको तर्फबाट विस्तृत विवरण प्रस्तुत गर्दै तुर्कले जारी गरेको वक्तव्यमा भनिएको छ, “राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय निकायका १३ जना कर्मचारीलाई हिरासतमा लिइएको र उनीहरूको अवस्थाबारे जानकारी दिइएको छैन ।
उनले भने, “म यमनको सानास्थित सरकारी अधिकारीसँग संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा मानवीय गतिविधिमा सहयोग गर्ने अन्य व्यक्तिहरूसँग आबद्ध भएको आरोपमा हिरासतमा लिइएका अन्य व्यक्तिहरूलाई तत्काल र बिनाशर्त रिहा गर्ने पहलका लागि आग्रह गर्दछु ।”
यमनको मेयुन अर्गनाइजेसन फर ह्युमन राइट्सले यमनका १८ जना सहायताकर्मीलाई विद्रोहीको कब्जामा रहेको चार स्थानमा अपहरण गरिएको जनाएको छ । ह्युमन राइट्स वाचका अनुसार सन् २०१४ मा यमनको द्वन्द्व सुरु भएयता हुथी विद्रोहीले संयुक्त राष्ट्रसङ्घ र गैरसरकारी संस्थाका कार्यकर्तासहित सयौं सर्वसाधारणलाई अपहरण गर्ने, स्वेच्छाचारी रूपमा हिरासतमा राख्ने र यातना दिने गरिरहेका छन् ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




