
काठमाडौं, ३२ जेठ । पाेखराकाे एनएमबि लघुवित्त वित्तीय संस्थाकाे एघारौँ बार्षिक साधारण सभा असार २१ गते पाेखरामा डाकिएकाे छ । उक्त सभा होटल बाराही लेकसाइड पोखरामा बिहान साढे ११ बजेका लागि डाकिएकाे छ।
सभामा केन्द्रीय कार्यालयकाे ठेगाना परिवर्तन, संस्थापक र सर्वसाधारण तर्फको सेयर संरचना सम्बन्धका नियमहरु संशोधन गर्ने प्रस्ताव पेश हुनेछन। साथै अन्य लघुवित्तसँग मर्जरमा जाने बिषयमा सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेण्डाहरु रहेकाे काराेबार दैनिकमा प्रकाशित सुचनामा जनाइएकाे छ।
उक्त सभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारणकाे तर्फबाट २ जना सञ्चालकहरुको चयन गरिनेछ । साथै स्वतन्त्र सञ्चालकको नियुक्ति समेत हुने भएकाे छ ।
एनएमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्तिकाे अनुमोदन र लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक समेत साेही सभाबाट ताेकिनेछ ।
साधारण सभाकाे प्रयोजनका लागि असार ७ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरिने जनाइएकाे छ । असार ६ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएका सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने बताइएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




