
काठमाडौं, ३ असार । अभियान लघुवित्त वित्तीय संस्थाकाे साधारण सभा असार ६ गते डाकिएकाे छ । सभा ताम्राकार पार्टी भेन्यु, पनौती नगरपालिका वडा नं ४, काभ्रेपलाञ्चोकमा पूर्वान्ह ११ बजेदेखि बाेलाइएकाे छ । साधारण सभामा यस पटक लाभांश वितरणकाे प्रस्ताव छैन ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानकाे हर हिसाबका बारेमा छलफल हुने, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ ।
यस्तै अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग मर्जरका लागि कार्य गर्न, बैंकको प्रबन्धपत्र र नियमावली संशोधनकाे अख्तयारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा रहेका छन् ।
साधारण सभाकाे प्रयोजनार्थ कम्पनीले जेठ २१ गते बुक क्लोज गरेको थियाे । सभामा भाग लिनका लागि सेयरधनीहरूले जेठ २० गतेसम्म सेयर काराेबारु गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरू सभाका लागि याेग्य मानिने छन् ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




