हिमालयन बैंककाे बिक्री प्रबन्धकमा सिटिजन्स् क्यापिटल नियुक्त

-



     सफल आवाज    
     असार ५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ५ असार । हिमालयन बैंककाे बिक्री प्रबन्धकमा सिटिजन्स् क्यापिटल नियुक्त भएकाे छ । हिमालयन बैंक लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडलाइ थप सार्वजनिक शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गरेकाे भन्दै सम्झौता गरेको छ ।

उक्त सम्झौतामा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतअशोक शम्शेर ज.ब.रा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्ने बताइएकाे छ ।