
काठमाडाैं, ६ असार । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र (डिबेन्चर) निष्काशन गर्ने भएकाे छ । नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको ब्यवस्था बमोजिम डिबेन्चर निष्काशन गर्न लागिएकाे हाे ।
संस्थाको संचालक समितिको हिजाे असार ५ मा बसेको बैठकबाट रु.१००० प्रति दरकाे रु. २६,००,००,००० ( (अक्षरुपी छब्बीस करोड) बराबरको डिबेन्चर निष्काशन गर्ने निर्णय गरिएकाे बताइएकाे छ । ८ वर्षे अवधि रहने सो डिबेन्चर २,६०,००० संख्याको प्रति इकाई रु.१००० को रहनेछ ।
ऋणपत्रकाे ९ प्रतिशत व्याजदर रहनेछ भने ६-६ महिनामा भुक्तानी हुने गरी जारी गरिनेछ । यस सम्बन्धमा अन्य नियामकीय प्रावधान पुरा गरी नेपाल राष्ट्र बैंकबाट स्विकृत भए पश्चात डिबेन्चर निष्काशन गरिने गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ताेयराज अधिकारीले बताएका छन ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




