
काठमाडौं, ९ असार । कर्पोरेट डेभलपमेन्ट बैंकले असार १९ गते साधारण सभा डाकेकाे छ । उक्त सभा, बैंकको प्रधान कार्यालय गीतामन्दिर रोड, पर्सामा बिहान ७ः१५ बजे बाेलाइएकाे छ । बैककाे साधारण सभामा यसपटक लाभांश वितरणकाे प्रस्ताव छैन।
सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानुपर्ने भए त्यसकाे कार्य गर्न तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।
यस्तै आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान र हर हिसाबका विषयमा छलफल गरी पारित गरिने भएकाे छ । साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षकाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले भाेलि असार १० गते बुक क्लोज गर्ने बताएकाे । सभामा भाग लिनका लागि सेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




