भुगर्भ सिमेन्टले आइपीओ निष्काशन गर्ने

- बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त

-



     सफल आवाज    
     असार १४ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १४ असार। भुगर्भ सिमेन्ट लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएकाे छ। साे कार्य गर्न कंपनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाइ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ।

भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारण (उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृती लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) का लागि रु.१०० दरकाे जारी पूँजीको २० प्रतिशत शेयर जारी गर्न लागेकाे हाे ।

सो सम्बन्धमा कम्पनी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँग बिहिबार सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन ।

यस कम्पनीले उच्च गुणस्तरको ओ.पि.सी (भुगर्भ सिमेन्ट) तथा पि.पि.सी (अपोलो, क्रिस्टल, देउराली) सिमेन्ट उत्पादन गर्ने कार्य गर्दै आएको छ ।

यस कम्पनीको वार्षिक उत्पादन क्षमता ६०,००० मे.ट. ओ.पि.सी सिमेन्ट तथा १,५०,००० मे.ट. पि.पि.सी सिमेन्ट रहेको छ । यस कम्पनीको बजार क्षेत्र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र काठमाण्डौं उपत्यकामा रहेको छ ।