नेप्से १४.८३ अंकले घट्याे, ३ अर्ब ६० करोडको कारोबार

-



     सफल आवाज    
     असार १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ असार । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ विन्दुमा झरेको छ । नेप्सेमा ०.७२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.४२ अंकले घटेर ३५८.७५ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटामा रातो लागेको छ । कुल ३२० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ६०

करोड ७१ लाख ९८ हजार ४०७ रुपैयाँ ६६ पैसा बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १२ करोड ८८ लाख ७४ हजार १५४ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ७.०६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तिीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ९.३० प्रतिशतले घटेको हो ।