बुधबार सुनमा रु ४ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     असार १९ गते २०८१ मा प्रकाशित



काठमाडौं, १९ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले बढेर तोलाको १ हजार ८ सय २५ रपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।