काठमाडौं, १९ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा उकालोको यात्राले निरन्तरता पाएको छ ।
सरकार परिवर्तनको कुरा विशेष गरी अर्थमन्त्रीमा बजारमैत्री मानिएका व्यक्ति विष्णु पौडेलको चर्चा चलेसंगै बजारमा सकारात्मक बनेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्स परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.१३ अंकले बढेर ३७२.८५ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ५ वटामा हरियो लागेको छ । बाँकी रहेका ८ वटामा भने रातो लागेको छ। यसदिन कुल ३१४ कम्पनीहरुको सेयर कारोबार भएको छ ।
उनीहरुको १ करोड ७१ लख ३४ हजार ८२ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ८३ करोड ५ लाख २८ हजार ९३५ रुपैयाँ १७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको २३ करोड १ लाख ७७ हजार ७७४ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ४.७० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




