
काठमाडौं, ५ पुस । मुक्तिनाथ विकास बैंकले पुस २५ गते १४ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले ११.२५ प्रतिशत बोनस शेयर तथा ४.२६ प्रतिशत नगदसहित १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको गरीसकेकाे छ ।
साधारण सभा तथा लाभांश वितरणको प्रयोजनार्थ पुस १३ देखि पुस २५ गतेसम्म बुक क्लोज गरिने जनाइएकाे छ। पुस १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार गरेर कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांशको हकदार हुन सक्नेछन् ।
सभाले संञ्चालक समिति अध्यक्षको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/२०७७ को लेखापरीक्षण प्रतिवेदन, नाफा घाटाको हिसाब विवरण, नगद प्रवाह लगायतका विषयमा छलफल गरी पारित गर्ने भएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पूँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँको ४.२५४७ प्रतिशतले हुन आउने रुपैयाँ १८ करोड ४१ लाख ३२ हजार १०२ रुपैयाँ ३८ पैसा नगद लाभांश वितरणको प्रस्ताव सभाबाट पारित गरिने भएको छ ।
यस्तै बैंकको हाल कायम चुक्ता पूँजी ४ अर्ब ३२ करोड ४९ लाख उनानब्बे हजार ४८६ रुपैयाँको ११.२५ प्रतिशतले हुन आउने ४८ करोड ६५ लाख ६१ हजार ३१७ रुपैयाँ १८ पैसा को बोनस शेयर वितरणकाे प्रस्तावलाई पारित गर्ने भएको छ । बोनस तथा लाभांश विवतरणपछि बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार ८०३ रुपैयाँ पुग्नेछ ।
साधारण सभा पुस २५ गते पूर्वान्ह ११ वजेदेखि होटल, पोखरा ग्राण्ड पार्दीमा अनलाइन माध्यमबाट आयोजना गर्न लागेको जानकारी दिईएको छ ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



