
काठमाडौं, २१ असार। एनएमबि लघुवित्त वित्तीय संस्थाको ११ औं वार्षिक साधारण सभा आज पोखरामा बस्दैछ । सभा होटल बाराही पोखरामा बिहान ११ः३० बजे डाकिएकाे छ।
सभाबाट संस्थापक सेयरधनीहरुबाट १ जना र सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालक चयन गरिने भएकाे छ । यस्तै स्वतन्त्र सञ्चालक र बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक पनि चयन गरिने भएकाे छ।
सभाले अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग मर्जरमा जाने भए त्यसकाे कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव अनुमाेदन गर्नेछ । साथै आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हरहिसाबका एजेण्डामा छलफल गरिनेल भएकाे छ।
यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ । साधारण सभाकाे प्रयोजनका लागि कम्पनीले असार ७ गते बुक क्लोज गरेकाे थियाे । सभमा भाग लिनका लागि सेयरधनीहरुले असार ६ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्ने बताइएकाे छ ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




